Logo

अर्थ

तोलामै १७०० घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । बिहीबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार ११:००   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।