काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।
गणपति सञ्चालक समितिको ३ पुसमा बसेको १२३औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।




















प्रतिक्रिया