Logo

अर्थ

मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

फाइनान्स सञ्चालक समितिको ३ पुसमा बसेको २८८औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार ८ सय ४८ को ६.३५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ बराबर नगद लाभांश (करसमेत) घोषणा गरेको हो ।

त्यसैगरी फाइनान्सको १७औं वार्षिक साधारणसभा २८ पुसमा हुने र ११ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द रहने जनाइएको छ ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १४:०४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।