Logo

अर्थ

३१ अंकले घट्याे सेयर बजार, ४ अर्ब ७६ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन सेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६ को विन्दुमा कायम भएको छ ।

आज २९ कम्पनीको मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ । ४ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.२१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १५:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।