Logo

अर्थ

शिव शंकर हाईड्रो इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल



काठमाडाैं । शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । त्यसका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

उक्त हाईड्रो इन्भेष्टमेन्टले १ सय अंकित दरका २५ लाख कित्ताले हुन आउने रु.२५ करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १४:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।