Logo

अर्थ

सोल्टी होटलले ३६ प्रतिशत लाभांश दिने



काठमाडौं । सोल्टी होटल लिमिटेडले ३६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

होटलको ४ पुसमा बसेको ५०आौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको २६.८४ प्रतिशतका दरले नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

त्यसैगरी साधारणसभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोडलाई २ अर्ब र जारी पूँजी १ अर्बलाई १ अर्ब ५० करोड रुपैयाँ बराबर पुर्‍याउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १६:२८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।