Logo

अर्थ

गरिमा विकास बैंकको लाभांश घोषणा



काठमाडाैं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ३१६औं बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरेको हो ।

हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ । बैंकले कुल २८ करोड ४० लाख २५ हजार रुपैयाँ लाभांशको रुपमा बाँड्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १६:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।