Logo

अर्थ

घोराही सिमेन्टले हकप्रद जारी गर्ने



काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा बाेलाएकाे छ ।

उक्त सभा आगामी पुस २७ गते दाङको घोराहीमा रहेको हौटल पौवामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा हाल कायम चुक्तापूँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ प्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १०:५१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।