काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियाे ।




















प्रतिक्रिया