Logo

अर्थ

आईएमई पे ‘आईसीटी अवार्ड-२०२४’ बाट सम्मानित



काठमाडौं । आईएमई पे ‘आईसीटी अवार्ड-२०२४’ बाट सम्मानित भएको छ । ५ पुस शुक्रबार काठमाडौंमा सम्पन्न आईसीटी अवार्ड कार्यक्रममा आईएमई पे उक्त अवार्डबाट सम्मानित भएको हो ।

नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्त्वपूर्ण योगदानलाई सम्मान गरेको कम्पनीको भनाइ छ ।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले डिजिटल सर्भिसेज आईसीटी अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताए । यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आईएमई पेको स्थानलाई अझ बलियो बनाउने उनले बताए ।

आईएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देशभरिका व्यक्ति र व्यवसायलाई सशक्त बनाउन प्रतिबद्ध रहेको छ ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १०:५५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।