Logo

अर्थ

नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स आफ्नो व्यवसाय विस्तारको क्रममा कोशेढुङ्गा सावित हुने गरी कामना सेवा विकास बैंकसँग सहकार्यसम्बन्धी सम्झौता गर्न सफल भएको छ ।

सहकार्यसम्बन्धी व्यवसायका विषयमा बैंकको कार्यालय, ज्ञानेश्वरमा पुस ७ गते आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र कामना सेवा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।

उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरीको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १६:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।