काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस दिने घाेषणा गरेकाे छ ।
कम्पनीको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस दिने निर्णय गरेकाे हाे ।
कम्पनीले चुक्ता पुँजीको ९७ लाख ७१ हजार ४८१ रुपैयाँ बराबर हुने १४.२५ प्रतिशत बोनस सेयर र ५ लाख १४ हजार २८८ रुपैयाँ बराबर हुन आउने ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बोनस प्रस्ताव पारित गर्ने कम्पनीले पुष २९ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।




















प्रतिक्रिया