बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएकी छन् ।
मंगलबार रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा संग्रौलाले भनिन्, ‘जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो पूरा गर्न सफल भएको देखिएन ।’
कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनकहरू अल्मलिएको पाइएको उनले बताइन् ।
संविधान संशोधनबाट निर्वाचन प्रणाालीसहितका संरचनामा सुधारका लागि प्रक्रिया अगाडि बढेको उनले बताएकी छन् । संग्रौलाले क्रियाशील सदस्यता वितरणसँगै महाधिवेशनको तयारी अघि बढेको बताउँदै समयमै कांग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको धारणा राखिन् ।




















प्रतिक्रिया