Logo

अर्थ

‘गरिमा समृद्धि योजना’ को इकाइमा खरिद आवेदन दिने आज अन्तिम दिन



काठमाडाैं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । गरिमा विकास बैंक कोष प्रवद्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत पुस ७ गतेदेखि खुला गरिएको थियो ।

प्रति इकाइ मुल्य १० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक गरिमा क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवद्धक गरिमा विकास बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । यो बन्दमुखी योजना हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य)का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार १०:३०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।