काठमाडौं । सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ ।
शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन १ लाख ५० हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया