Logo

अर्थ

सामाजिक सुरक्षा कोषमा २९ कर्मचारी माग



काठमाडाैं । सामाजिक सुरक्षा कोषले २९ कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्म २९ कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।

कोषले निर्देशक र सहायक निर्देशकको पदपूर्ति आन्तरिक प्रतियोगिताबाट गर्ने जनाएको छ। बाँकीका लागि लोकसेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने जनाएको छ ।

कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल लगायत विभिन्न पदमा कर्मचारी मागेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ३ गतेसम्म कोषको अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार १२:१५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।