विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे ५ करोड नाघेको छ ।पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या जम्मा संख्या पाँच करोड ७१ लाख नाघेको छ। तीमध्ये तीक करोड ५६ लाख ८१ हजार जना निको भएका छन ।
संक्रमितहरु मध्ये १२ लाख ६१ हजार ६७६ जनाको मृत्यु भएको छ। गएको २४ घन्टामा पाँच हजार ७६२ जनाको मृत्यु भएको छ। अघिल्लो दिन शनिबार विश्वभर सात हजार ४४४ जनाको मृत्यु भएको थियो। अहिले विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ३६ लाख ७६ हजारभन्दा बढी छ।





















प्रतिक्रिया