Logo

स्वास्थ्य

पाल्पामा थप २८ जना कोरोना संक्रमित थपिए



पाल्पामा थप २८ जना कोरोना संक्रमित थपिएका छन् ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तानसेन नगरपालिकाका १६ जना, रम्भा गाउँपालिकाका ९ जना र पाल्पा अस्पतालमा उपचाररत ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष तथा ३ जना वडा सदस्य र रम्भा गाउँपालिकाका एकजना वडाअध्यक्ष र १ जना वडा सदस्य गरी ६ जना जनप्रतिनिधि रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  १ : १० बजे