काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
भेटमा प्रतिनिधिसभाका सदस्य विनोद चौधरीसमेत सहभागी थिए । यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन् ।




















प्रतिक्रिया