Logo

समाचार

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान



काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत प्रस्थान गरेका छन् । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोइराला बेलायत प्रस्थान गरेका हुन् ।

बेलायत प्रस्थान गर्नुअघि कोइरालाले बेलायतको संसद भवन (वेस्ट मिन्स्टर)मा आयोजना हुने कार्यक्रममा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताएका छन् ।

उनकाअनुसार यही पुस २९ गते वेस्ट मिन्स्टरमा कार्यक्रम हुनेछ । बेलायतमा रहँदा आफूले लेबर पार्टीका मन्त्री, सांसद र विपक्षी दलका नेताहरूसँग भेटघाट र कुराकानी गर्ने कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार १२:५७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।