Logo

समाचार

भिरबाट खसेर पाटु बुढा गम्भीर घाइते, जीवन रक्षाका लागि सहयोगको अपील



ढकारी। घास काट्ने क्रममा भिरबाट खसेर ४५ वर्षीया पाटु देवी बुढा गम्भीर घाइते भएकी छन् । अछामकाे ढकारी गाउँपालिका वडा नं १ की ४५ वर्षीय पाटु देवी बुढा बुधबार बिहान करिब १० बजेको समयमा घास काट्ने क्रममा भिरबाट खसेर गम्भीर घाइते भएकी हुन् ।

घटनापश्चात उनलाई तत्कालै बयलपाटा अस्पतालमा उपचारका लागि लगिएको थियाे । उनको अवस्था गम्भीर रहेको कारण उनलाई धनगढीको निसर्ग अस्पताल हुँदै नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको हाे।

अब उनको जीवन रक्षाका लागि थप आर्थिक सहयोगको आवश्यकता परेको छ । परिवार र समाजका सम्पूर्ण व्यक्तिहरूलाई सक्दो सहयोग गर्न अपिल गरिएको छ । तपाईंको सानो सहयोगले पाटु देवी बुढाको जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ ।

निरप बुढाले आफ्नो आमाको जीवन बचाउनका लागि देश र विदेशमा रहेका सम्पूर्ण व्यक्तिहरूलाई आर्थिक सहयोगको अपील गरेका छन् । अछामको ढकारीस्थित सिटिजन बैंकमा निरप बुढा (Nirpa Budha) को खाता नं. 0790100000463041 मा रकम जम्मा गरिदिन आग्रह गरिएको छ। उनलाई 9847137223 मा टेलिफोन सम्पर्क गरेरसमेत सहयोग गर्न सकिनेछ ।

प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार १६:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।