पोखरा । उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ।
उच्च अदालत पोखराको न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी रहेका रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो ।
जिल्ला अदालत कास्कीले लामिछाने लगायत ७ जनालाई २५ पुसमा धरौटीमा छाड्ने आदेश दिएको थियो। जसलाई बदर गर्न जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले उच्च अदालतमा निवेदन दिएको थियो ।
उच्च अदालतले ‘७३ नम्बरको निवेदन’का आधारमा कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको हो।
सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसहित ७ जनामाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लागेको छ । अदालतको आदेशपछि लामिछानेलाई ६५ लाख, अन्य आरोपितहरुलाई क्रमशः ८८ लाखदेखि १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।
यस प्रकरणमा ६३ जना विरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरिएको छ। यद्यपि, केही आरोपितहरु पक्रित छन् भने अन्य आरोपितहरु धरौटीमा थुनामुक्त भइसकेका छन्।




















प्रतिक्रिया