Logo

समाचार

कांग्रेस सभापति देउवाद्वारा शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शहीद दिवसको अवसरमा आज एक सन्देश जारी गरी नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनर्स्थापना, लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा होमिएर अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएको स्मरण गरेका छन् ।

उनले नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न शहीद दिवस मनाउने गरेको उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १०:५३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।