Logo

अन्तर्राष्ट्रिय

वासिङ्टनमा जहाज दुर्घटना: ५० शव फेला, १४ जना अझै बेपत्ता



एजेन्सी । अमेरिकाको वासिङ्टनमा पोटोम्याक नदीमा भएको जहाज दुर्घटनामा ५० जनाको शव फेला परेको छ । दुर्घटना बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको थियो । जब अमेरिकन एयरलाइन्सको एक जहाज र सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किएर नदीमा खस्दा आगोको लप्टोसँगै दुर्घटना भएकाे हाे ।

अहिलेसम्म ४० जनाकाे शव पोटोम्याक नदीबाट निकालिएका छन् भने १४ जना अझै बेपत्ता छन् । हेलिकप्टर र जहाज दुवैमा सवार सबै व्यक्ति मृत भएको अनुमान गरिएको छ । जहाजमा ६४ जना यात्रु थिए, जसमा चालक दलका ४ सदस्य पनि थिए । हेलिकप्टरमा ३ जना सैनिक सवार थिए । घटनामा अन्य मुलुकका नागरिक पनि समावेश छन्, जसमा दुई जना अर्जेन्टिनाका र तीन जना चिनियाँ नागरिक रहेको जनाइएको छ ।

वासिङ्टन पोस्टका अनुसार दुर्घटनाको समयमा विमानस्थलको टावरमा कर्मचारी अभाव थियो। त्यतिबेला चार जना एटिसीको काम दुई जनाले मात्रै गरिरहेको उड्डयन विभागलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले समाचार लेखेको छ ।

साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो डेमोक्र्याट प्रशासनका नीतिहरूलाई दुर्घटनाको कारण मानेका छन् । उनले उच्च मापदण्डमा भर्ती गरिनुपर्ने बताउँदै अघिल्लो सरकारका नीतिलाई दोष दिएका छन्, जसको आलोचना पनि भइरहेको छ ।

घटनास्थलमा अनुसन्धान जारी छ र शवहरूको पहिचान गर्नका लागि थप प्रयासहरू भइरहेको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १०:४२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।