नवनिर्वाति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैदेशिक सहायता रोक्ने घोषणाले विश्व नै तरगिंत भएको छ ।
विश्वका धेरै देशमा त्यसको प्रत्यक्ष असर पर्ने निश्चित छ । नेपालमा समेत त्यसको प्रत्यक्ष असर पर्ने देखिएको छ ।
अमेरिका जस्तै अन्य मुलुकहरुले पनि बैदेशकि सहायता रोक्ने हो भने नेपालको हालत कस्तो होला ?
अहिलेको जटिल प्रश्न भनेको यहि हो । हामी नुनदेखि सुनसम्म अरुकै आशामा रहनु परेको छ । नेपाल पछिल्लो समयमा आयातमुखी बन्दै गएको छ ।
पटक पटक सरकार परिवर्तन भईरहने र राजनीतिक दलहरु एकै ठाउँमा उभिएर मुलुकका सस्याहरु समाधान गर्न असक्षम जस्तै भएका छन् ।
संसदको दुई वर्षे कार्यकालयमा ३ पटक सरकार परिवर्तन भईसकेको छ भने अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जसरी भएपनि सरकार ढाल्नुपर्ने उद्घोष गरिरहेका छन् ।
जबसम्म राजनीतिक दलहरु एकै ठाउँमा उभिएर राष्ट्रका समस्याहरु समाधान गर्न लाग्दैन तबसम नत सुशासन नै कायम हुन्छ नत देश विकास नै सम्भव छ ।
अरुको आशामा बाँच्नु भन्दा आफैँ अघि सरेर देश विकासमा लाग्न प्रतिवद्धता अब दलहरुले गर्नेपर्दछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो देशको हित हरेर बैदेशिक सहायता रोक्ने निर्णय गरेका हुन् त्यो निर्णय देशको लागि सही देखिन्छ ।
हरेक देशको नेतृत्वले यसरी नै आफ्नो राष्ट्र र नागरिकको बारेमा सोच्ने हो र देश विकास गर्ने हो भने जनताले पूर्ण रुपमा सहयोग र समर्थन गर्न सक्छन् ।
तर, हाम्रो देशमा त्यस्तो अवस्था देखिएको छैन । राजनीतिक दलहरुले सत्ता स्वार्थलाई त्यागेर देश र जनताको हितमा लाग्नुको अब अर्को विकल्प देखिएको छैन ।
अहिले नेपालको अवस्था डामाडालमा पुगेको छ । आर्थिक अवस्था समेत कमजोर रहेको छ ।
भ्रष्ट्राचारले गर्दा जनता आक्रान्त भएका छन् भने केही भ्रष्ट र ठगहरु मालामाल भएका छन् ।
कानुनी राज्यको उपहास राजनीतिक दलका नेताहरुबाटै भएको अभियान साप्ताहिकमा खबर छ ।
सहकारी ठगीका प्रकरणमा जोडिएका व्यक्तिहरुलाई कारबाही गर्दा सरकारले प्रतिशोध लिएको आरोप समेत लगाउने परम्परा कायम रहेको छ । यी सबै कारणहरुको जड राजनीतिज्ञहरु नै हुन् ।
पुष्पकमल दाहाललाई सत्ता नभई भएको छैन । सरकारले गति लिन थालेको बेला सरकार ढल्ने उद्घोष गर्दै दाहालले सरकारलाई घेराबन्दीमा राख्ने प्रयास गरिरहेका भएपनि कांग्रेस–एमालेको गठबन्धनको सरकारले त्यसलाई निस्तेज गर्नु अहिलेको पहिलो आवश्यकता हो ।





















प्रतिक्रिया