काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा बस्न सकेको छैन । विगतमा पनि यस्तो समस्या प्रतिनिधिसभामा देखिँदै आएको छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे राख्ने तय भएको थियो । तर, साढे दुई हुँदा समेत सभाको बैठक सुरु हुन सकेको छैन ।
आइतबार प्रतिनिधि सभाको बैठकमा महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।




















प्रतिक्रिया