काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:मको भवनमा आगलागीबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो । आगलागीबाट ११ जना कामदार घाइते भएका थिए । जसमध्ये दुई जनाको मृत्यु भएको हो ।
अन्य घाइतेको उपचार भइरहेको छ ।




















प्रतिक्रिया