Logo

अर्थ

एनआइसी एसिया बैंकले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने



काठमाडाैं । एनआइसी एसिया बैंकले पाँच अर्ब रूपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १०० रूपैयाँ दरले पाँच अर्ब रूपैयाँको अग्राधिकार सेयर जारी गर्न लागेको हो ।

अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा २७औं वार्षिक साधारणसभा बोलाएको छ । सभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले यस्तो सेयर जारी गर्नेछ ।

यस्तो अग्राधिकार सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न सक्ने, लाभांश वितरण गर्दा नाफा नोक्सान बाँडफाँट हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने र यसका लागि सञ्चित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने व्यवस्था गरिएको छ ।

कुनै बैंकको जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष अनुपात ५.१२५ प्रतिशतमा आएमा यस्तो अग्राधिकार सेयरलाई सेयरकै रूपमा परिवर्तन गर्न पाइने व्यवस्था छ ।

प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार  १२ : ५७ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।