काठमाडौं । नेकपा (एमाले) को उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा सक्रिय हुनु उचित नभएको बताउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि अंकुश लगाएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच उनले यस्तो बताएका हुन् । बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले मुलुक कै अभिभावक भइसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किन उचित नहुने बताए ।
उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतीकका रूपमा नवोदित संस्था भएको उल्लेख गर्दै ती संस्थालाई थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेको समेत बताए । उनले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेखे गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए ।
उनले पार्टीमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने नफर्किने विषयमा कुनै छलफल र बहस समेत नभएको स्पष्ट पारे । उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘राष्ट्रपति वा उपराष्ट्रपति गणतन्त्रको प्रतीकको रूपमा नवोदित संस्था हुन् ।
मुलुककै अभिभावक भइसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किनु उचित ठान्दिनँ तर तत्कालै उहाँ नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किनुहुन्छ भन्ने सही होइन ।’
नेतृत्व लिने दाउमा विद्या भण्डारी
यसैगरी भूतपूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गलाउने रणनीति अन्तर्गत सक्रिय भई आफू एमालेको बागडोर सम्हाल्न अर्थपूर्ण भेटघाट गर्दै आएका छन् ।
एक पटक राष्ट्रपति बनेका व्यक्ति सक्रिय राजनीतिमा आउनु हुन्न भनी एमाले मै एउटा समूह राजनीति अर्थात् एमालेको राजनीतिमा भण्डारीलाई रोक्न प्रयत्नशील भए पनि उनी आफ्नो मिशन सार्थक पार्न क्रियाशिल छिन् ।
यो साता पूर्वाञ्चल भ्रमणमा निस्केर विराटनगरको होटल बिगमा बसेर थुप्रै एमाले नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गरी औपचारिक रुपमा ८ वा कार्यक्रममा भाग लिइ सकिन । उनी ओलीलाई काउण्टर दिने मनस्थिति बनाएर अघि बढेको कार्यकर्ताहरुले बहस चलाएका छन् । महिला पुरुष सबै खाले एमाले नेता र कार्यकर्ताहरु सँगको भेटघाट उनको प्राथमिकता हो ।
औपचारिक कार्यक्रम बाहेक उनी बुद्धिजीवी, प्राध्यापक र कांग्रेस नेताहरुलाई समेत भेटेकी छिन् । ओलीको आलोचना गर्नेहरु पनि भण्डारीसँग कुरा राख्दै आएका छन् । त्यसो त ओलीलाई काउण्टर दिन भण्डारीलाई उचाल्ने एमाले कार्यकर्ताहरु मध्ये कति जना ओलीका हनुमानहरु छन् त्यो उनी राम्ररी बुझेको हुनुपर्दछ ।
केपी ओली पछि शंकर पोखरेल र विष्णु पौडेललाई नेता ठान्नेहरु पनि विद्या भण्डारीलाई नेतृत्व लिन उक्साएका छन् । पार्टीमा केपी ओलीको हैकमबाट पीडितहरु भण्डारीलाई केपीको ठाउँमा पर्याउन चाहे पनि पूर्व राष्ट्रपति भण्डारीले आफ्नै बल बुत्तामा त्यहाँ पुग्ने असम्भव लागदछ ।
तैपनि भण्डारीले सात वटै प्रदेशको भ्रमण गरेर राजनीतिमा हाम्फाल्ने कुरा बुझिन्छ । भण्डारीको विरोध गर्ने समूह वा व्यक्तिसँग उनी विचलित नभएको देख्दा सक्रिय राजनीतिमा भण्डारी फर्किने सम्भावना छ ।
तर, उनकै पार्टीका केही व्यक्तिहरुले दुई पटक राष्ट्रपति बनिसकेका व्यक्तिले सक्रिय राजनीतिमा फर्किन हुन्न भनी लविङ्ग गर्दै आएका अपर्णमा खबर छ । भण्डारी अब आफ्नो लक्ष्य अगाडि अरु कुरालाई गौण पादै नेतृत्व लिने दाउमा छिन् ।
हेरौँ भण्डारीको सफलता कति प्राप्त हुन्छ र ओलीले यसमा कस्तो भूमिका निर्वाह गर्दछ । ओली र भण्डारी बीच नै राम्रो सम्बन्ध भएर नै उनी दुई पटक राष्ट्रपति बन्ने सौभाग्य प्राप्त गरेकी थिइन् । अबको गन्तव्य के त ? ओली र भण्डारीले मिलेर नाटक पनि गर्न सक्ने केहीको आंकलन छ ।





















प्रतिक्रिया