Logo

समता लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख्य सुधार 



समता लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा  उल्लेख्य नाफा कमाएको छ । यो अवधिमा समताको नाफा २९४.५६ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा २८ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले १ करोड ११ लाख ९० हजार कमाएको छ । 

यो अवधिमा संस्थाको नाफा बढेपनि खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भने गिरावट आएको छ । अझ सञ्चालन मुनाफा त ऋणात्मक नै रहेको छ ।

आवको पहिलो त्रैमासमा २ करोड ३३ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको संस्थाको चालु आवको सोही अवधिमा आईपुग्दा १ करोड ६९ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

संस्थाको सञ्चालन मुनाफा गत आवको पहिलो त्रैमासमा १४ लाख २७ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ८२ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

खुद ब्याज आम्दानी घटेको र सञ्चालन मुनाफा ऋणात्मक रहेको अवस्थामा संस्थाको नाफा बढाउन राइटब्याले सहयोग गरेको छ । यो तीन महिनामा संस्थाले २ करोड ५८ लाख २३ हजार रुपैयाँ संस्थाले राइट ब्याज गरेको छ ।

२२ करोड ९३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा १२ करोड ५१ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा संस्थाको खराब कर्जा २.२२ प्रतिशतबाट घटेर १.६९ प्रतिशतमा रहेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४२ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १४:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।