Logo

अर्थ

फागुनमा १८ वाणिज्य बैंकको ब्याजदर स्थिर, कसको कति?



काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि १८ बैंकको ब्याजदर स्थिर राखेका छन् । बैंकले सार्वजनिक गरेको सूचीअनुसार २ वटा बैंकले मात्रै ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई रहेका छन् ।

बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत नै थियो । व्यक्तिगत मुद्दतीमा ५ वर्षमाथिको अवधिका लागि केही बढी ब्याजदर तोकिएको छ भने न्यून अवधिको ब्याजदर पनि कम छ ।

फागुन महिनाका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६.६ प्रतिशत छ । जुन लामो अवधिका लागि हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार  ११ : ४३ बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।