काठमाडाैं । नेपालको प्रतिष्ठित केडिया अर्गनाइजेशनले आफ्नो भगिनी संस्था केडिया इन्टरनेशनल प्रा. लि. मार्फत एम्पेयर इलेक्ट्रिक स्कुटर नेपालमा वितरण गर्दै आएको छ। एम्पेयर भारतको प्रमुख इलेक्ट्रिक स्कुटर ब्रान्ड, ‘Designed in India | Made in India’ को नाराका साथ चलिरहेको छ ।
त्यस्तै नेपालमा एम्पेयर नेपालले भ्यालेन्टाइन डे विशेष अफर ल्याएको छ । यस अफरमा, जोडीहरूले आफ्नो संयुक्त उमेरको बराबरको छुट प्राप्त गर्नेछन्, जसको अधिकतम सीमा रु. १,५०,०००सम्म रहेको छ ।
यो अफर विशेष रूपमा AMPERE PRIMUS मोडलमा लागू हुनेछ । ग्राहकहरूले यो अफरको फाइदा लिनका लागि आधिकारिक एम्पेयर शोरुममा उपस्थित हुनुपर्नेछ र वैध नागरिकता प्रमाणपत्र र सवारी चालकको लाइसेन्स प्रस्तुत गर्नु अनिवार्य हुने कम्पनीले जनाएकाे छ ।
एम्पेयर स्कुटरहरूको लिथियम फेरो फस्फेट ब्याट्री प्रविधि र मिड-माउन्ट मोटरले उच्च कार्यक्षमता र सुरक्षा प्रदान गर्दै, प्रति चार्ज ८०-१०० किलोमिटरको दूरी तय गर्न सक्षम बनाउँछ। यसका स्कुटरहरूमा ३ वर्ष वा ३०,००० किलोमिटरको वारेन्टी पनि उपलब्ध छ। एम्पेयर स्कुटरको मूल्य रु. २,५०,००० देखि सुरु हुन्छ।
एम्पेयर नेपालका प्रमुख सहरहरूमा उपलब्ध छन् । जसमा टेकु, भक्तपुर, इटहरी/बिर्तामोड, पोखरा, र भैरहवा समावेश छन् । एम्पेयर नेपालका अनुसार यो अफरको मुख्य उद्देश्य विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री यातायात प्रणालीलाई समर्थन गर्नु हो ।
प्रतिक्रिया