Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ८ अर्ब ७१ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५ को विन्दुमा कायम भएको छ ।

आज १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ३९ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार १५:११   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।