Logo

अर्थ

अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको सपथ



काठमाडौं । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् ।

उनले बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंहसमक्ष सपथ लिएका हुन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा उनले सपथ लिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समिति सदस्य रहने प्रावधान छ । उपाध्यायलाई सरकारले हालै अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार  १ : ३३ बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।