Logo

अर्थ

क्लासिक टेक ‘ह्याकाथन प्रतियोगिता २०२५’ हुँदै



काठमाडाैं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट सँगको सहकार्यमा ‘ह्याकाथन प्रतियोगिता २०२५’ हुने भएको छ । कार्यक्रम फाल्गुन ३ र ४ गते काथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ र म्यानेजमेन्टको प्रङ्गागमा हुने आयोजकले बताएको छ ।

ह्याकाथन २०२५ ले युवापुस्तालाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने तथा नवीन समाधानहरु विकास गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।

सहभागीहरूले कोडिङ, कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर विकास, साइबर सुरक्षा लगायतका विभिन्न प्राविधिक क्षेत्र मा आफ्नो दक्षता समेत प्रदर्शन गर्न पाउने छन्। साथै विजेताले १ लाख रूपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसर पाउने छन् ।

कार्यक्रममा कोडिङमा रुची हुनेहरुले सहभागीता लिन सक्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार १३:४५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।