Logo

अर्थ

ताेलामै २७ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आइतबार १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रतितोला कायम भएको हो । शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेको थियाे ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आईतवार ११:१५   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।