Logo

अर्थ

तरलता व्यवस्थापनका लागि आज थप ४० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब तान्ने भएको हो ।

राष्ट्र बैंकले आजै अर्थात् फागुन ४ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । यस बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न पनि सकिने छ । साँवा तथा ब्याज भुक्तानी भने अगामी कात्तिक फागुन २५ गते हुनेछ ।

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार  ११ : २८ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।