काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।
आज ९ अर्ब ४७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानकिर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया