Logo

अर्थ

वाणिज्य बैंकहरूको निक्षेप ६० खर्ब नजिक, कर्जा विस्तार पनि बढ्दै



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्ब नजिक पुगेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म २० वाणिज्य बैंकहरुले ५९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । यस्तो निक्षेप गत आवको असार मसान्तसम्म ५७ खर्ब ५५ अर्ब रुपैयाँ थियो ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)का अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७१ अर्ब रुपैयाँ गरेका थिए ।

उक्त अवधिसम्म वाणिज्य बैंकहरुले ५९ खर्ब ९९ अर्ब रुपैयाँँ निक्षेप संकलन गरेका छन् । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुले संकलन गरेको निक्षेप ७ खर्ब ३१ अर्ब रुपैयाँँ पुगेको छ ।

वाणिज्य बैंकहरुले ४८ खर्ब २१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । वाणिज्य बैंकको निक्षेप ५९ खर्ब ९९ अर्ब रहँदा कर्जा ४८ खर्ब २१ अर्ब रुपैयाँ रहेको हो । यस अवधिसम्म विकास बैंक र फाइनान्स कम्पनीहरुले ६ खर्ब १३ अर्ब रुपैयाँँ लगानी गरेका छन् ।

यस्तै बैंकहरुको निक्षेपसँगै कर्जा पनि क्रमशः बढ्दै गएको देखिन्छ। पछिल्लो समय बैंकहरुको कर्जा क्रमशः बढ्दै गए पनि केही सुस्त भएको बैंकरहरुले बताएका छन् ।

केन्द्रीय बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७९.४८ प्रतिशत कायम भएको छ । बैंकहरुले कुल निक्षेप संकलनको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँ बढेको छ । गत वर्ष पुससम्म निक्षेप रकम ३ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँँ बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार  ३ : ५९ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।