काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको करिब २ करोड कित्ता सेयर थपिएको छ ।
नेप्सेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको २ करोड २२ लाख ५२ हजार ५६१.३१ कित्ता बोनस सेयर थपिएको छ । ग्लोबल आइएमई बैंकको १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता र छिमेक लघुवित्तको २३ लाख ८१ हजार ७३७.६८ कित्ता सेयर रहेका छन् ।
यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकत भएको हो ।
प्रतिक्रिया