Logo

अर्थ

आइएमई पे र खल्ती मर्जरमा जाँदै, नयाँ कम्पनी ‘आइएमई खल्ती’ बन्ने



काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई पे र खल्तीबीच सैद्धान्तिक सहमति पश्चात मर्जर प्रक्रिया अघि बढेको छ । मर्जरपछि नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ राखिने जनाइएको छ ।

आइएमई समूहको सेयर हिस्सा बढी रहने बताइएको भए पनि मर्जरको लागि सेयर अनुपातको टुंगो भने अझै बाँकी छ ।

आइएमई पेमा स्वामित्व रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडले यसको सञ्चालन गरिरहेको छ । आइएमई डिजिटल सोलुसनमा आइएमई समूहको ९८ प्रतिशत सेयर स्वामित्व छ ।

खल्तीमा अमित अग्रवाल लगायतको सेयर स्वामित्व छ। कम्पनीमा वर्ल्ड लिंकको ४० प्रतिशत सेयर स्वामित्व छ ।

 

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार  ५ : ०१ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।