काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धनको केपी ओली नेतृत्वको सरकार अलोकप्रिय र असफल सावित भएको उद्घोष गर्दै आएका छन् ।
ओली सरकार आसफल सावित हुनु भनेको माओवादी केन्द्र र अध्यक्ष दाहाल सफल हुनु चाँहि हुँदै होइन । के दाहाल सत्ताका लागि विचौलिया र दृष्य, अदृष्य शक्ति स्वार्थको लागि चलखेलमा नलागेका स्वच्छ नेता हुन् त भन्ने चर्चा समेत यतिबेला चल्ने गरेको छ ।
दाहाल संसदमा प्रमुख विपक्षी दलका नेता समेत रहेकाले सरकार असफल भए उनी चाँहि कसरी सफल त ? पुष्पकमल दाहालको सत्ता मोहबाट आजित भएका नेपाली कांग्रेस र नेकपा एमालेले गत असार १७ गते ७ बुँदे सहमति गरेर सरकार निर्माण गरेपछि मात्र दाहाल सत्ताको रिङबाट बाहिरिएका थिए ।
सत्ताबाट विमुख भएपछि उनी र उनका सबै गतिविधि, अभिव्यक्ति, सत्ता प्राप्तिकै खेलमा नै निर्देशित भएका छन् । सहकारीको रकम ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति उनी नरम रहेका र सरकारले उनलाई प्रतिशोध लिएको आरोप लगाउँदै उनी आफैँ न्यायाधिश भएजस्तो व्यवहार देखाउँदै
लामिछानेलाई सफाई दिँदै आएका छन् ।
लामिछाने माथि उनले देखाएको सदासयता समेत सत्ता स्वार्थमै जोडिएको छ । परिस्थितिलाई आफ्नो पक्षमा पार्न खप्पिस रहेका दाहाल अहिले रास्वपाको पक्षमा सरकारात्मक अभिव्यक्ति दिँदा भोली रास्वपालाई आफ्नो पक्षमा लिन सकिने र आउँदो निर्वाचनमा आफ्नो पक्षमा पार्ने रणनीति दाहालले लिएको जस्तो देखिएको छ ।
दाहाल प्रधानमन्त्री रहेका बेला तत्कालिन महान्यायाधिवक्ता र नेपाल प्रहरीका महानिरीक्षक (आइजी)लाई संसदीय समितिमा उपस्थित गराएर लामिछानेका विरुद्ध कहिँ कतै सहकारी ठगी सम्बन्धमा उजुरी नपरेको बताउन लगाएका थिए ।
महान्यायाधिवक्ता कार्यालयले त पत्र नै पठाएर रविलाई सफाई दिएको थियो भने तत्कालिन प्रधानमन्त्री दाहालले संसदीय समितिमा उपस्थित भएर उनलाई न्यायाधिस जस्तै बनेर सफाई दिएका थिए ।
यसरी संसदीय समितिलाई समेत ढाँट्ने दाहालले जनतालाई ढाँट्नु कुन ठुलो कुरा हो र कि कसो दाहाल ज्यु ? दाहालका अभिव्यक्ति संकट कि अवसर ? निकै लामो समयदेखि नेपालको समयसामयिक राजनीति उथल पुथल र अस्थिरताले घेरिँदै आएको छ ।
यसैको सेरोफेरोमा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबाट यस्तै प्रकारका अभिव्यक्ति कडा रुपमा व्यक्त भइरहेका छन् । दाहालका त्यस्ता अभिव्यक्तिले राजनीतिक परिदृष्यमा भन्दा गाली गलौजमा परिणत हुँदै गएको टिप्पणी समेत हुने गरेको छ ।
त्यस्ता अभिव्यक्तिले नेपालको भावी राजनीतिमा कस्तो प्रभाव पर्छ भन्ने चर्चा परिचर्चा समेत हुन थालेको छ । पछिल्लो समयमा दाहाल एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलकिो आलोचना गर्नमै व्यस्त रहेका छन् ।
यसै क्रममा दाहालले प्रधानमन्त्री ओलीलाई अनेक राजनीतिक एवं यक्ति केन्द्रित आरोप समेत लगाउँदै आएका छन् । दाहालको उथल पुथल पूर्ण राजनीतिक यात्रालाई हेर्दा आगामी आरोपको अहिलेको श्रृखला अझ बढ्दै जाने देखिन्छ ।
यो श्रृखला विगतमा जस्तो ढाडमा टेकेर टाउकोमा हान्ने र अन्तरविरोधलाई सक्दो उपयोग गर्दै सत्ता केन्द्रित दाहाल कुटनीतिबाट अभिप्रेरित होइन-छैन भन्ने आधार भने भेटिँदैन । तर, दाहालका अभिव्यक्ति वर्तमान सत्ता गठबन्धनभित्र आशंका उत्पन्न गराउँदै सत्ता गठबन्धनभित्र द्वन्द्व निम्त्याउने अस्त्र भने पक्कै बन्ने देखिन्छ ।
यस्तो अवस्थामा नेपालको लोकतान्त्रिक प्रक्रिया र सम्बृद्धिको लागि सोचेभन्दा घातक सावित हुन सक्ने सम्भावना देखिएको छ । दाहालका अभिव्यीक्त सरकारमाथि नभएर प्रधानमन्त्री ओलीमाथि मात्र केन्द्रित रहेका छन् । सत्ता गठबन्धनमा रहेको प्रमुख घटक नेपाली कांग्रेसमाथि दाहालले कडा अभिव्यक्ति दिएका छैनन् ।
दाहालका आलोचनात्मक चेतले कतिपय एजेण्डामा ओली सरकारको कार्यशैलीलाई चुनौती दिएको देखिएजस्तो भएपनि दाहाल र ओलीबीचको तिक्तता भनेको दाहाल नेतृत्वको सत्ता गुम्नु नै प्रमुख कारण रहेको अभियान साप्ताहिकमा खबर छ ।
दाहालले राष्ट्रिय हितलाई हेरेर अघि बढ्नुको बदला एक व्यक्तिका विरुद्ध विष वमन गर्नु भनेको समग्र सरकारकै विरोध गर्नु नै हो । सत्ता गठबन्धनमा रहेको प्रमुख घटक नेपाली कांग्रेसप्रति दाहाल नरम रहनु भनेको सत्ता गठबन्धनभित्र द्वन्द्व बढाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नुले राष्ट्रको हित र मुलुकमा सुशासन कायम हुन सक्दैन ।





















प्रतिक्रिया