Logo

अर्थ

डेनिस क्रोनर भए तत्काल साट्न राष्ट्र बैंकको आह्वान



काठमाडाैं । नेपाल राष्ट्र बैंकले डेनमार्कको मुद्रा डेनिस क्रोनर तत्काल साट्नको लागि आह्वान गरेको छ । डेनमार्कको केन्द्रीय बैंकले २०२५ मे ३१ देखि उक्त मुद्रा कानूनी रूपमा ग्राह्य नहुने निर्णय गरेको छ ।

नेपालमा डेनिस क्रोनरका नोटहरू २०८१ फागुन मसान्तसम्म बैंकिङ विभाग, प्रदेश कार्यालय, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा, वा इजाजतपत्र प्राप्त मनिचेञ्जरमार्फत साट्नुपर्नेछ ।

सो अवधिमा साट्न सकिएन भने, त्यसपछि उक्त मुद्रा कारोबार गर्न असम्भव हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

डेनमार्क सरकारले २००९ भन्दा अघि जारी भएका डेनिस क्रोनरका नोटहरूको सहटी बन्द गर्ने निर्णय २०२४ को नोभेम्बरमा गरेको थियो । यसैगरी, १००० क्रोनरको नोट पनि फेजआउट गर्ने निर्णय उक्त सरकारले दिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलवार ११:३२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।