Logo

अर्थ

क्रेस्ट माइक्रो लाइफको आईपीओ २२ गतेदेखि खुल्ने



काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ फागुन २२ गतेदेखि खुल्ने भएको छ ।

कम्पनीले सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन भइसकेको छ ।

अब कर्मचारी र सामुहिक लगानी कोषहरुलाई छुट्याएपछि बाँकी रहने १८ लाख ४५ हजार कित्ता सेयर आम सर्वसाधारणका लागि खुल्न लागेको हो । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन हुनेछ ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सूचनामार्फत जनाएको छ । फागुन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार ११:४२   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।