काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बार १५ ले स्वयम्भू महोत्सव गर्ने भएको छ । उक्त महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्ने भएका छन् ।
यही फागुन १० गते सुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको काठमाडौं– १५ का वडाध्यक्ष इश्वरमान डङ्गोलले जानकारी दिए ।
वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।
महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गर्ने आयोगकको भनाई छ । महोत्सव फागुन १७ गतेसम्म चल्नेछ ।




















प्रतिक्रिया