Logo

अर्थ

अपर हेवाखोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने



काठमाडाैं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीले बैंकको मातृभुमी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी १५ मेगावाट सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्नुका साथै बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी गर्ने उद्देश्यले सो दरमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार १३:४८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।