Logo

अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । आज सुनकाे मूल्य तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियाे ।

यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार ११:२७   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।