Logo

अर्थ

केन्द्रीय बैंकले आज ३० अर्ब तान्ने



काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ । अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज फेरि पैसा तान्न लागेको हो ।

यसका लागि बोलकबोल प्रक्रिया दिउँसो ३ बजे सुरु हुनेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५० करोड रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् ।

बोलकबोल ब्याजदरमा हुनेछ । बहुब्याजदरका साथ पनि बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । यसका लागि ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन सक्नेछन् ।

२१ दिने यो निक्षेप संकलन उपकरणको चैत ३ गते साँवा र ब्याज भुक्तानी गरिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आईतवार ११:४२   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।