काठमाडौं । नेपाल बैंकले साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले चैत ६ गते बुधबार बस्नेगरी बैंकले ६५औँ वार्षिक साधारणसभा बोलाएको हो । उक्त दिन काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा उक्त साधारणसभा बस्नेछ ।
बैंकले साधारणसभामा सर्वसाधारण शेयरधनीका तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका राखेको छ । साधारण सभा प्रयोजनको लागि फागुन २२ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ । यस बैंकले चालु आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने गरी निर्णय यसअघि नै गरिसकेको छ ।




















प्रतिक्रिया