काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएकाे छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ ।
आज ११ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै गार्डिन मायक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया